बारा : बाराको पचरौता नगरपालिकाका वडाध्यक्षको निधन भएको छ। वडा नं. १ का ६५ वर्षीय वडाध्यक्ष जगतनरायण प्रसाद यादवको उपचार क्रममा अस्पतालमा शुक्रबार निधन भएको हो।

गाउँमै विवादको विषयमा पञ्चायती गरेर गरेर घर फर्किएपछि ढाडमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जको प्रभु हस्पिटलमा लगिएको थियो। उनको उपचार क्रममा निधन भएको नगर प्रमुख रमेश कुमार यादवले जानकारी दिए। उनको आज दिउँसो करिब १ः३० बजे निधन भएको हो।

उनका दुई पत्नी, दुई छोरा र तीन छोरी छन्। तत्कालीन नेकपा एमालेबाट निर्वाचित यादवको हिन्दु परम्पराअनुसार शुक्रबार स्थानीय जमुनी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ।

उनको निधनप्रति नगरपालिकाले दुःख व्यक्त गरेको छ। नेपालको वामपन्थी आन्दोलनका अथक योद्धा र नगरपालिकाको अभिभावक गुमाएको महसुस भएको जनाइएको छ।

२०७७ कार्तिक २८, शुक्रबार २२:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय