काठमाडौं : कोरोना कहर कायमै रहे पनि मधेसका गाउँमा दियाबाती (दीपावली) ले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा पहिलो दिन दियाबाती, दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया ९भातृद्वितीया० गरी तीन दिन तिहार मनाइन्छ। असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्व दियाबातीले कोरोनारूपी अन्धकारलाई पराजित गरी उज्यालो सञ्चार गर्ने भरोसाले ग्रामीण भेगदेखिदेखि सहरसम्मलाई छोएको छ। रावणको वध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका रूपमा दीपावली मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा प्रचलित छ।

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। आँगनमा माटो घोलेर थरीथरीका रंगोली बनाइन्छ। दियाबातीको आगमनसँगै मधेसका अधिकांश घरमा माछामासु पाक्दैन। शाकाहारी परिकार नै पाक्छ। ‘धनतेरस ९कागतिहार मनाइने दिन० देखि पूर्ण शाकाहारी विधिले पूजापाठ गर्छौं,’ लहान नगरपालिका–४ की गृहिणी सुनिता यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ। यसपालि भगवान्सँग कोरोना महामारी समाप्त होस् भन्ने कामनासहित पूजा गर्छौं।’ मुलुकका अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाका दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।

दियाबातीका दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटोको दियोमा घ्यू वा तोरीको तेल हालेर बत्ती बालेर तथा अन्य बिजुली बत्ती बालेर घर झकिझकाउ पारिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन्, जसलाई उक फेर्नु भनिन्छ। रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन मधेसमा छ।

मधेसमा दुई साताअघिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ।

दोस्रो दिन अर्थात् गोवद्र्धन पूजाका दिन गाईबस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ। यस दिन गाईबस्तुको सिङ रंगाउने, घाँटीमा गरदामी लगाइदिने र गाईबस्तुको राइस (दाम्लो) फेर्ने चलन छ। दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ। सँगुरको कलिला बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ।

तेस्रो दिन भरदुतिया (भातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ। दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसको ग्रामीण भेगमा कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन ९माटो घोलेर बनाइने मिथिला चित्र० बनाएर सिन्दूरको थोपा लगाइन्छ। दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छन् र अरिपन दिइएको पिर्कामा बसाउँछन्।

त्यसपछि दिदीबहिनीले दाजुभाइको अँजुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रणा दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन रहेको आजको नागरिक दैनिकमा खवर छ ।

२०७७ कार्तिक ३०, आईतवार ०७:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय