
अस्ट्रेलिया । उदाउँदो सूर्यलाई अर्घदी शनिबार छठ पर्व अस्ट्रेलियाको ब्रिजबेनमा बिधिवत् रुपमा सम्पन्न भएको छ ।
कार्तिक सुक्ल खस्ठीको दिन गरिने, नेपालको तराइ भागमा बिशेष रुपमा मनाउने यो पुजा कोविड १९ को बाबजुत पनि ब्रिज्बेनमा नेपालीहरुले मनाएका छन् ।
सुर्य उपासनाको मोहक पध्द्ती मानिएको संसारमा यही एक येस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पुजा गरिन्छ ।
परिवार को सुख ,सम्रिधी, शान्ति र लोक कल्यान को लागि कठोर् ब्रत बसी यो पुजा गरिन्छ ।
सुर्यदेवको अराधना उपासना गरिने यो पुजा ब्रिजबेनमा भने दोस्रो पटक सम्पन्न भएको अस्ट्रेलियाको ब्रिजबेनमा बस्ने चन्दन घिमिरेले बताए ।
सुरज गुप्ताको प्राङनमा सम्पन्न भएको यस पर्वमा उल्लेखनिय मात्रामा स्रधालुहरुको उपस्तिथि भएको थियो । यो बर्ष ब्रिजबेन शहरको नदीको किनारमा छठ पर्व आयोजना प्रयासको योजना रहेतापनि कोविड १९ का कारण सफल हुन नसकेको रोशन् शाह भन्नु हुन्छ ।
धर्म र संसक्रितीको जगेर्ना को लागि यो पुजा अर्को बर्ष अवस्था समान्य भएमा अझै धुमधामका साथ आयोजनाको लक्ष्य रहेको सुरज गुप्ताले बताउँछन् ।