मकवानपुर : हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको उनले बताए ।

स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।

२०७७ मंसिर ६, शनिबार १७:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय