काठमाडौं : देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभर रहेका १६ हजार ६३९ जना संक्रिय संक्रमितमध्ये १० हजार १८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको हो।

 

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय २५ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १२४७, प्रदेश २ मा २७७, लुम्बिनी प्रदेशमा २८४, सुदूरपश्चिम प्रदेशमा २२६, गण्डकी प्रदेशमा ६२० र कर्णाली प्रदेशमा ६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

२०७७ मंसिर ११, बिहीबार ०७:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय