महोत्तरी :  लैङ्गकि हिसा विरुद्ध को १६ दिने अभियान अन्तरगत महोत्तरी युवा संजालद्वारा  श्रद्धाञ्जली सभा र दिप प्रजवलन कार्यक्रम महोत्तरीको दुई छुट्टाछुट्टै स्थानमा सम्पन भएको छ ।

जिल्लाको गौशाला तथा  बनचौरिमा सनजालको बनचौरि संयोजक बृखेश साह को अगुवाइ र गौशालाको  ५ स्थित  त्रिभुवन माविको गेटबाट गौशाला बजार सम्म शान्ति पूर्ण बलतकर विरुद्धको रयालि भई कार्यक्रम सम्पन्न भएको संजालको गौशाला संयोजक राजिव साहले जनकारी दिए ।

उक्त कार्यक्रममा समाजसेवी प्रमोद महतो लगायतकाले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको अगुवा महोत्तरी युवा सनजालका  गौशाला  सदस्यहरु  र गौशालानगरबासिहरुले गरेका थिए ।

महोत्तरीको बर्दिबास १४ बाट सहिद आलम कि ६बर्षा छोरी इन्तजार भनिने गुलाब खातुन बेपत्ता पछि मुर्त अवस्थामा फेला परेको र उक्त घटनाको न्यायको लागि भएको  प्रदर्शनको क्रममा प्रहरीको गोली  लागी मुत्यु भएको अभियानता सन्जय न्यौपाने र मुतक बालिका  गुलाब खातुन प्रति  श्रद्धाञ्जली सभा र दिप प्रजवल्न कार्यक्रम समर्पित रहेको र यस्तो घटनाले नागरिकको आधरभुत मानव अधिकार हनन् गरेको  महोत्तरी युवा को अध्यक्ष चुडामणिा यादवले बताए ।

प्रत्येक बर्ष लैङिक हिसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखी दिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय स्तरमा महिलाहरुको अधिकारको लागि गरिएको सङर्शको समझनामा मनाइन छ र हाम्रो सरकारले पनि लैङ्गकि हिसा अन्त्यको प्रतिवधता ,समाज र सबैको एक्यवद्धतालाई राष्ट्रिय नारा दिइ मनाइरहेको छ अर्को तिर भने देशको बिभिनन ठाउमा लैङ्गकि हिंसाको घटना बढ्दो क्रममा  रहेक छ सोहिको न्यूनीकरण र लैङ्गकि हिसाका घटनाहरुमा न्याय को लागि पहल गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण  आन्तरिक मामिला तथा कानुनराज्य मन्त्री सरोज सिह कुशवाहा मार्फत संजालका सचिव राजु कुमार महतोले समेत गराएको छ ।

२०७७ मंसिर ११, बिहीबार २१:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय