काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाउँदै छन् । ठोस सहमतिभएनभने निणर्य प्रक्रियामाबहुमत-अल्पमतको बाटो खुलाहुनेछ ।

अध्यक्षपुष्पकमलदाहाल प्रचण्ड र वरिष्ठ नेतामाधवकुमार नेपालकातर्फबाट पेस भइसकेको राजनीतिक प्रस्तावको प्रधानमन्त्रीएवं पार्टी अध्यक्ष केपीओलीले आजको बैठकमा जवाफी प्रस्ताव पेस गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीओली र अध्यक्ष प्रचण्ड तथावरिष्ठ नेता नेपाल समूहबीचको अन्तर्सङ्घर्ष गालीगलौज र आरोप-प्रत्यारोपको तिक्त चरणमा प्रवेश गरिरहेकै वेलाआज बस्न थालेको सचिवालय बैठक नेकपाको आन्तरिक र एकीकृत जीवनकालागि धेरै महत्वपूणर् छ ।

नेकपा सचिवालयका एक सदस्यकाअनुसार आजको बैठकमा प्रधानमन्त्रीएवं पार्टी अध्यक्षओलीको प्रस्ताव पेस भएपछि त्यसमाथिअध्ययनकालागि एक-दुई दिनको समय लिने र अर्को बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि सदस्यहरूले धारणा राख्ने सम्भावना छ । त्यसबीचमा संयुक्त प्रस्तावमा सहमति जुटेन भने दुवै प्रस्ताव स्थायी कमिटीमा प्रवेश गर्न सक्ने ती नेताको भनाइ छ । फरक-फरक प्रस्तावकाकारण बहुमत-अल्पमतको दिशातिर जाने सम्भवना देखिएपछि प्रधानमन्त्रीओलीनिकट नेताहरूले सहमतिको दिशामाफर्किन आग्रहसहितको सन्देश लिएर अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र उपाध्यक्षवामदेव गौतमसँगहिजो भेटवार्ता गरेका छन् ।


२०७७ मंसिर १३, शनिबार ०९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय