महोत्तरी : सर्वसधारणलाई उचित रुपमा स्वास्थ्य सेवा सुविधा प्रदान गर्ने उद्देश्यले प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई अस्पतालको रुपमा परिणत गर्न लागेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभएको छ । सोमबार विहान आधारभुत अस्पताल १५ सैयया भवन शिलान्यास कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्नुहुँदै नगरप्रमुख महतोले सो कुरा बताउनुभएको हो ।

जिल्लाकै नमुना अस्पतालको रुपमा यस अस्पताललाई परिणत गर्नका लागि नगरपालिकाले दिनरात लागिपरेको नगरप्रमुख महतोले धारणा राख्नुभयो । यसभन्दा अगाडि यहाँका सर्वसधारणलाई सानो उपचार गराउनका लागि वाहिर जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै यस ठाँउमा अस्पताल निर्माण गर्ने भएको नगरप्रमुख महतोले बताउनुभयो । जनताहरुको गुनासोलाई सुनवाई गर्दै यहाँका सामुदायिक स्वास्थ्य संस्थालाई सुधारोन्मुखतर्फ लैजानका लागि नगरपालिकाले पहल गर्दै आएकोले सवैलाई यसतर्फ ध्यान दिनका लागि नगरप्रमुख महतोले आग्रह गर्नुभएको हो ।

पञ्चवर्षिय योजनाअन्र्तगत संघीय सरकारको करिब १८ करोडको लागतमा निर्माण हुन लागेको यो अस्पताल अत्याधुनिक प्रविधीयुक्त रहने र केहीदिनमै टेण्डर प्रक्रियामार्फत निर्माण कार्य अगाडि बढाईने नगरप्रमुख महतोले जानकारी दिनुभयो ।

कार्यक्रमकाबीच प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुने यो अस्पतालमा हरेक पूर्वाधार स्थापना हुने भएकोले सर्वसधारण जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने दावी गर्नुभएको हो । अन्य स्थानको स्वास्थ्य संस्थाभन्दा प्राथामिक स्वास्थ्य केन्द्र हरेक दृष्टिकोणले व्यवस्थित एवम फराकिलो भएकोले यसै स्थानमा सो भवनको शिलान्यास भएको थापाले जानकारी दिनुभयो ।

सोमबार विहान सम्पन्न भएको सो भवन शिलान्यास कार्यक्रममा नगरका वडाअध्यक्ष, स्वास्थ्यकर्मी, राजनितीककर्मी, नागरिकसमाज लगायत सर्वसधारणको उपस्थित रहेको थियो ।

यसभन्दा अगाडि पनि सोही स्थानमा तत्कालिन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले १५ सैययाको अस्पताल निर्माणका लागि भवन शिलान्यास गरेतापनि प्राविधीक कारणवश प्रक्रिया अगाडि बढन सकेको थिएन ।

२०७७ मंसिर १५, सोमबार १३:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय