सप्तरीे : गाईवस्तु चराउन गएकी बालिकालाई बलात्कार गर्ने एक बलात्कारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । जेल सजाय पाउनेमा सप्तरीे जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादव रहेका छन् ।

उनले १ जेठ २०७६ सालमा गाईवस्तु चराई घर फर्किरहेकी बालिकालाई नियन्त्रणमा लिएर डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहास्थित देवराम ठाकुरको बगैचामा रहेको बाँसको झ्याङ्ग र परालको टालको बीचमा लगी बलात्कार गरेका थिए ।

पिडित बालिकाले घटना भए लगत्तै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् । यता घटनापछि फरार रहेका आरोपितलाई घरमै लुकेर बसेको अवस्थामा २०७६ जेठ ४ गते पक्राउ गरिएको थियो ।

यादव अदालतको आदेशमा २०७६ जेठ २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारको थुनामा थिए ।
जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले यादवलाई १० वर्ष कैद सजायको साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसला गरेको छ ।

२०७७ मंसिर १८, बिहीबार १७:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय