
हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु(भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।
यसैबिच प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आगामी ३ दिनको मौसमी विवरण
मंसिर १९ गते (शुक्रबार)
दिउँसो देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राती ः देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मंसिर २० गते (शनिबार)
दिउँसो ः देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।
राती ः प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।
मंसिर २१ गते (आइतबार)
दिउँसो ः प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। । बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ
राती ः प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ