एजेन्सी : इटालियन क्लब नापोलीले आफ्नो स्टेडियमको नाम क्लब लेजेण्ड डिएगो म्याराडोनाको नामबाट राख्ने भएको छ । नापोलीले गत नोभेम्बर २५मा हृदयघातबाट निधन भएका म्याराडोनाको सम्मानमा स्टेडियमको नाम परिवर्तन गर्न लागेको हो ।

अर्जेन्टिनाका पूर्व अट्याकिङ मिडफिल्डर कप्तान तथा प्रशिक्षक म्याराडोनाको ६० वर्षको उमेरमा केहि दिन अघि मात्रै निधन भएको थियो ।

उनले नापोलीलाई सन् १९८७ र १९९० मा दुई पटक सिरी ए उपाधि जिताएका थिए । म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको शीर्ष उपाधि समेत जितेको थियो ।

यसअघि स्टाडियो सान पाउलो नाम रहेको स्टेडियममको नाम परिवर्तन गरेर अब स्टाडियफ डिएगो अर्मान्डो म्याराडोना राखिएको छ ।

नापोली सिटी काउन्सिलको नाम परिवर्तन गर्न सहमति दिएपछि आधिकारिक रुपमा स्टेडियममको नाम म्याराडोनाको नामसंग जोडिएको हो ।

विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीको रुपमा परिचित म्याराडोनाले नापोलीका लागि १८८ खेल खेल्दै ८१ गोल गर्न सफल भएका थिए ।

२०७७ मंसिर २०, शनिबार ०९:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय