जनकपुरधाम : प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले मधेशीहरुको प्रति हेर्ने दृष्टिमा पनि मानवअधिकारकर्मीहरुको इमान्दारिताको कमी रहेको दावी गरेका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा शुक्रवार आयोजित मानव अधिकार पाँचौ राष्ट्रिय कार्ययोजना सम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री कुशवाहाले मधेश आन्दोलनको कुरालाई कोट्याउँदै भने, ‘मधेश आन्दोलनको क्रममा राज्यपक्षले गरेको विभेदलाई मानव अधिकारकर्मीहरुको संस्थाले इमान्दारिता देखाउन सकेको छैन । मानव अधिकारकर्मीहरु इमान्दारिता पूर्वक कार्य गरेमा न्यायबाट कोही पनि वन्चित हुँदैन ।’

इन्सेकका प्रदेश २ संयोजक राजु पासमानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेको राज्यमन्त्री कुशवाहाले भने ‘अब तीन तहको सरकार भएको छ । इमान्दारी पूर्वक मानव अधिकार संस्थाहरुलाई कार्य गर्न आग्रह गर्दछौं ।’

‘मानव अधिकारको सिद्धान्तबारे चर्चा गर्दै देशमा मानव अधिकारकर्मी, पत्रकार र सुरक्षाकर्मी इमान्दार भएमा सबै निकायलाई ठिक पार्न सकिन्छ । अहिलेपनि संघीय सरकारले प्रदेश सरकारसँग विभेद गरिरहेको कसैसँग लुकेको छैन’ राज्यमन्त्री कुशवाहाले भने, ‘मानव अधिकारकर्मीहरु इमान्दारी पूर्वक अगाडि बढ्नुस, प्रदेश सरकार तपाईको साथमा छ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश २ संयोजक वीर बहादुर बुढामगरले मानव अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसै गरी खुल्लासत्रमा नेपाल वार एशोसिएशनका पूर्व अध्यक्ष रामनेक साह, एडभोकेसी फोरमका संयोजक अधिवक्ता राजकुमार महासेठ लगायतका व्यक्तिहरुले जिज्ञासा राखेका थिए ।

२०७७ मंसिर २०, शनिबार १०:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय