जनकपुरधाम । धनुषामा बाल विवाह हुनेको दर उच्च रहेको एक सर्वेक्षणले देखाएको छ । बालविवाह हुने दर उच्च रहेकाले नागरिकता, विवाहदर्ता र बालबच्चाहरुको जन्मदर्तामा समेत समस्या देखिएको प्रारम्भिक प्रतिवेदन सार्वजानिक गरिएको छ ।

बालविवाह न्युनिकरणमा काम गर्दै आएको सेफ नेपालले धनुषाको गणेशमान चारनाथ र शहिदनगर नगरपालिकामा गरेको एक सर्वेक्षणअनुसार २० वर्ष नपुग्दै विवाह हुने दर ८०.८७ प्रतिशत रहेको प्रतिवेदन सार्वजानिक गरेको छ । सेफ नेपालले जनकपुरमा आयोजनामा गरेको न्यायिक तथा सुरक्षा निकाय र सरोकारवालासंग बालविवाह र कानुनी पहिचान विषयक संवाद कार्यक्रममा नेपालको जनगन्ना २०६८ अनुसार १८ वर्ष नपुग्दै नेपालमा ३७ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

सेफ नेपालका अध्यक्ष राम प्रमेश मण्डलले धनुषाको गणेशमान चारनाथ र शहिदनगर नगरपालिकामा २०७० सालपछि विवाह भएका १३ सय ५९ जना महिलाहरुलाई सर्वेक्षणमा सहभागिता गराईएको बताए । उनले सहभागिमध्ये ५ सय ५६ जना दलित महिलाको सहभागिता रहेको जनाए । सर्वेक्षणको क्रममा सहभागिहरु मध्ये ४सय ६ जना महिला नागरिकता विहिन अवस्थामा रहेको बताए । बाल विवाहकै कारण ७० प्रतिशत महिलाको विवाह दर्ता नभएको, ६९ प्रतिशत महिला नागरिकता विहिन रहेको र ५२ प्रतिशत बालबच्चाहरुले जन्मदर्ता समेत बनाउन नपाएको सर्वेक्षणले देखाएको छ ।

सेफ नेपालले सर्वेक्षणको क्रममा प्रदेश सरकारको मुख्यमन्त्रि बेटी पढाउ, बेटी बचाउ कार्यक्रमबारे ५७ प्रतिशत सहभागिहरुले आफुहरुलाई यसवारे जानकारी भएको बताएको सेफ नेपालका अध्यक्ष प्रमेश मण्डलले बताए । प्रतिवेदनमा बालविवाहकै कारण महिलाहरुमा शिक्षा, स्वास्थ्य देखि आर्थिक, शारिरिक, मानसिकको साथै सामाजिक रुपमा समेत असर पर्दै आएको बताए ।

प्रदेश २ महिला तथा बालबालिका समितीका सभापति समेत रहनुभएका सांसद जैयनुल राइनले प्रदेश २ सरकार बालविवाह न्युनिकरणका लागि निति, नियम र कानुन बनाएर कार्यान्वयनको चरणमा रहेको बताए । हाल नेपालमा केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष तय भएकाले प्रदेश सरकारले त्यसैलाई अनुशरण गरि निति, नियम बनाउनु अग्रसर रहेको बताए । सभापति राइनले प्रदेश २ मा दलित, गरिव र दहेजप्रथा बढी भएकाले गर्दा यसको न्युनिकरणका लागि प्रदेश २ सरकारले स्थानिय तह, वडा कार्यालयको साथै सामाजिक संघसंस्थाको सहयोगमा बालविवाह अन्त्यको लागिपरेको बताए ।

कार्यक्रममा संघिय प्रहरी इकाई जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दाहालले लैगिक हिंसा विरुद्ध प्रहरीहरुले अग्रसरता र सक्रियताका साथ घटना न्युनिकरण गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा हंसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा, सामाजिक विकास मन्त्रालयका समाजिक विकास महाशाखा प्रमुख देवु केशी, राष्ट्रिय मानवअधिकार आयोग जनकपुरका मानवअधिकार अधिकृत मनमाया बुढामगर, अधिवक्ता राजकुमार महासेठ, सेफ नेपाल धनुषा सचिव रोजलिन सिंह बछार, आप्रवासी महासंघ धनुषा अध्यक्ष कौशल्या सिंह कुशवाहा, बालविवाह अन्त्य र न्युनिकरणका लागि प्रदेश सरकार र स्थानिय तहका सरकारले बढी अग्रसरता लिनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण सेफ नेपाल धनुषाका टिम लिडर विनोद महराले गरेका थिए ।

२०७७ मंसिर २०, शनिबार २०:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय