File Photo

डोटी: डोटीमा शनिबार मध्यराति जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा चनकेसैनका ४० वर्षीय हरिनायारण भट्ट, बोगटान गाँउपालिका ७ का वडा सचिव २७ वर्षीया मञ्जु त्रिपाठी र उनकै ५५ वर्षीया सासुआमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट,डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरी र नाम नखुलेका ३ वर्षीया बालक छन् । घाइतेहरूलाई उपचारका लागि दिपायल पठाइएको छ ।

२०७७ मंसिर २१, आईतवार ०६:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय