काठमाडौँ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् ।

काठमाडौँमा भएको साक्षात्कारमा बोल्दै नेता महतोले संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए ।

उनले संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएर प्रतिगमन गरेको महतोको भनाइ थियो ।

देशका सबै महत्वपूर्ण एजेन्डालाई फाष्ट ट्रयाकमा राखेर बनाइएको उल्लेख गर्दै सबै जनताले आफ्नो ठान्न नसकेको बताए । देशमा सातवटा संविधान बनाइसकिएको र पटक पटक कू भएको महतोको भनाइ थियो ।

प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोरमाथि चकार गरेको आरोप लगाए । उनले चुनावले समस्याको समाधान गर्न नसक्ने धारणा राखेका थिए । आफूहरुले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने उनले बताए ।

२०७७ पुष २३, बिहीबार १६:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय