जनकपुरधाम : आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले नेपालको चलचित्र तथा संगीत क्षेत्रलाई  विकास  गर्नुपर्ने आवश्यक रहेको  बताएका छन् ।

सप्तरीको  भारदह स्थित कंकालनी मन्दिरमा मधेशी पुत्र रिर्टन्स शुभ मुहर्तमा सहभागी हुँदै राज्यमन्त्री कुशवाहाले  चलचित्र र यससंग जोडिएका अन्य व्यवसायलाई सम्मानित ढंगबाट अगाडी लैजान र सम्पूर्ण कलाकार, गीतकार, सर्जकहरुको संरक्षणमा काम गर्न समेत आग्रह गरे ।

चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान जानुपर्ने भन्दै राज्यमन्त्री कुशवाहाले यस क्षेत्रलाई अझबढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउने कार्यमा विशेष भूमिका निर्वाह गर्न सम्बन्धित निकाय संग पहल गर्ने बताए  ।

फिल्ममा अभिनय गरेको कलाकार  नायक निराजन मेहता (मन्जित) तराई मधेश लगायत देशबिदेश सम्म फिल्मी दुनियामा एउटा छुटे पहिचान बनाउन सफल समेत भएको दर्शक हरूको दाबि रहेका छन ।  नायक निराजन मेहताले अहिले सम्ममा धेरै मैथलि ,नेपाली हिन्दी,भोजपुरी लगाएतको फिल्महरूमा नायकको भुमिका निर्वाह गरेर लाखो दर्शकहरूको मन जित्न सफल बनेका छन् ।

केहि महिना भित्रै मधेशी पुत्र रिर्टन्स फिल्मा अभिन्य गरिने कलाकारहरूको नाम समेत सर्वजानिक गरिएको छ। कलाकारहरुमा ,निराजन मेह्ता,धुर्ब कोइराला,अनिल महतो ,रन्जिता,सोनम तिवरी ,अमित सुक्ला, मनोहर महतो ,सन्जय राउत ,को मुख्य भुमिका रहने छन् ।

त्यस्तै गरी एक्सन  तिर नेपाल को प्रसिद्ध एन बि महर्जन संगै केमेरा ,रबि कोइराला ,चुनु शर्मा ले चलाउने भएका छन् , भने म्युजिक ,दिपेन्द्र कुमर,अमन झा,महनन्द बिक,को रहेको छ ।

सो फिल्मको गित निराजन मेह्ता,राज चोधरीले लेखिएको छ । यो फिल्म अनुरागी फिल्म कम्पनी बाट निरमान हुने छ । फिल्मको लेखक / निर्देसन ,निरजन मेह्ता मन्जितले गर्ने छन् ।

madheshi-putra-returns2

madheshi-putra-returns3

२०७७ माघ १५, बिहीबार १९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय