
काठमाडौं : ३९ वर्षका एक युवकले कुनै महिलासँग यौन सम्बन्ध राख्न चाहेमा २४ घण्टा पहिल्यै पुलिस र सम्बन्धित महिलालाई आफ्नो चाहनासहित सूचना दिनुपर्नेछ । बेलायतको एक अदालतले यस्तो आदेश दिएको हो । अदालतले ती युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुरा गर्न पनि प्रतिबन्ध लगाएको छ ।
३९ वर्षका युवक डीन डायरमाथि यौन हिंसाका कैयौं आरोप लागेका छन् र मुद्दा चलिरहेको छ । एक महिलले डायरमाथि पार्टीका क्रममा गलत तरिकाले छोएको र विरोध गर्दा बलात्कार गर्ने धम्की दिएको आरोप लगाएकी छिन् । यद्यवि अहिलेसम्म डायर कुनै पनि यौन अपराधको लागि दोषी भने ठहर भएका छैनन् ।
डेलीमेलको रिपोर्टअनुसार अदालतले युवकविरुद्ध लगाइएका आरोपहरु सुनेपछि उनीविरुद्ध ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ जारी गरेको हो । युवकविरुद्ध १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध राख्ने प्रयाससहित यौन अपराधसँग सम्बन्धित ७ आरोप छन् । बेलायतको वेस्टमिन्स्टर मजिस्ट्रेट कोर्टले दैनिक कामकाजको सिलसिलामा युवकले ती महिलासँग मात्र कुरा गर्न पाउने भनेको छ जोसँग कुरा नै नगर्न सम्भव छैन । बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एक सिभिल अर्डर हो । यो आदेश ती व्यक्तिहरुविरुद्ध जारी गरिन्छ जो दोषी ठहर भएका हुँदैनन् तर जसबाट समाजलाई खतरा हुन सक्ने मानिन्छ ।