
जनकपुरधाम : प्रदेश २ का बालबालिकाहरुमा ३७ प्रतिशत कुपोषण र १५ प्रतिशत पुड्कोपन पाइएको छ ।
शुक्रबार पोषण , कुपोषण ,राष्ट्रिय र बहुक्षेत्रीय पोषण कार्यक्रम संबन्धित छलफलमा स्याफ्रण (सिसान) नेपाल धनुषाका अध्यक्ष उमेश साहले भने, ‘घण्टामा आमाहरुलाई आआफ्नो बच्चालाई दुध खुवाउन मा ४५ प्रतिशत मात्र रहेको र ६५ प्रतिशत आमाले पुर्ण स्तनपान गर्ने गरेका छन् ।’
त्यस्तै ६६ प्रतिशत आमाले प्रदेश २ मा अहिले ६ महिना देखि दुइ बर्षसम्म पनि आफ्नो दूध खुवाउन पर्ने अध्यक्ष साहले जानकारी दिए । आमाहरूलाई व्यहवारमा परिवर्तन गुण सिकाउन लगि परेको उनले बताए ।
उनले खानपानको लागि जति पोषण चाहिन्छ, त्यति हाम्रो समुदायमा छ तर समय र सहि तरिका नअपनाउँदा समस्या भइरहेको बताए । कार्यक्रममा सिसान प्रदेश २ का सचिव जयविर साहले प्रदेश २ मा पोषणको अवस्था कर्णाली प्रदेशभन्दा पनि कमजोर रहेको संचारकर्मीलाई जानकारी गराए ।