काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको अवहेलना मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ ।

प्रचण्ड विरुद्ध अधिवक्ता समीर हायुले दिएको निवेदन हिजो अदालतमा दर्ता भएको थियो । अदालतमा बहसमा रहेको मुद्दाका विषयमा सडकबाट धम्क्याएको तथा अदालत विरुद्ध अभिव्यक्ति दिएको भन्दै उनीमाथि अवहेलना दर्ता भएको हो ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुङ्गानामाथि परेको अवहेलना पनि न्यायाधीश शर्माकै इजलासमा सुनुवाइ भएको थियो ।

ती मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश शर्माले लिखित जवाफ आफै बुझाउन आदेश दिएका थिए ।


२०७७ माघ २०, मंगलवार ११:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय