एजेन्सी : तपाईंले कुकुर पाल्नुभएको छ भने कहिलेकाहीँ उसले माया गरेर तपाईंलाई चाटिदिन्छ । तर कुकुरको ठूलो, भिजेको र च्यापच्यापे जिभ्रोले तपाईंलाई हानि गर्न सक्छ भन्ने थाहा छ ?

कुकुरको मुख सफा हुँदैन । उसले फोहोरमा मुख गाडेको हुन सक्छ अनि कहिलेकाहीँ दिसा पनि खाइदिन्छ ।

त्यति मात्र नभई कुकुरले आफ्नो आची छोप्नका लागि कुनाकाप्चा खोज्छ । उसको नाकमा बेस्सरी ब्याक्टेरिया र अन्य कीरा हुन सक्छन् ।

त्यसैले कुकुरको मुख हानिकारक हुन्छ । कुकुरले मानिसलाई चुम्बन गर्दा लहरे संक्रमण हुन सक्छ ।

स्टाफाइलोकोकस औरियस नामक अर्को खतरनाक संक्रमण भयो भने त झन् तपाईंको अनुहार हेर्नै नसकिने गरी भयानक हुन्छ । त्यो संक्रमण भएको हात हेर्नुस् त तलको तस्वीरमा ।

त्यसैले कुकुरलाई कहिल्यै पनि चुम्मा लिन वा चाट्न नदिनुस् । एजेन्सी

२०७७ फाल्गुन ९, आईतवार २०:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय