काठमाडौं : एनसेलको एप डाउनलोड गर्नेलाई एक जीबी डेटा सित्तैमा दिन थालिएको छ। एनसेलले एपमा नयाँ फिचर थप गर्दे याे अफर ल्याएको हो।

याे अफरबाट सबै ग्राहकले सजिलै एनसेल एपबाट विभिन्न सेवा लिन सक्नेछन्।  १० फाल्गुनबाट थप सुविधासहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको एनसेल आजियाटा लिमिटेडले जनाएकाे छ।
यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई एक जीबी डेटा निःशुल्क प्रदान गर्न थालेको छ। एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत ल्याएको हाे।

एनसेलको एपबाट अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकलगायतका सेवा तत्कालै लिन सकिने एनसेलले जनाएकाे छ। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउँछन्।

एपबाटै गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङलगायतका कार्यहरू गर्न सकिनेछ। यसमा सहज रूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको एनसेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

२०७७ फाल्गुन ११, मंगलवार १४:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय