
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई आगामी जेठ १३ गतेदेखि गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बसेको बैडकले कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सुरु गर्ने निर्णय गरेको सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने अर्यालले बताए । यसअघि एसईई चैतमै हुँदै आएको थियो । यो वर्ष कोभिड-१९ महामारीका कारण पठन–पाठन राम्रोसँग हुन नसकेकाले जेठमा सारिएको बोर्डले बताएको छ ।
सकारले यसअघि नै यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको थियो ।