बर्दिबास : महोत्तरीमा खाल्डोमा डुबेर आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिबास–१४ निवासी आशुतोष मिश्रको १६ वर्षीय छोरा रोशन मिश्र रहेको छ ।

बर्दिबास–१४ स्थित रातो खोलाको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा मिश्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता सोनु कुमार साहले जनाएको छ । रबि साह र निशान्त कोइराला संग मृतक रोशन नुहाउनका लागि खोलामा पुगेका थिए ।

रातोखोलामा कन्स्ट्रक्सनहरुले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा मिश्रको ज्यान गएको स्थानीयले बताए ।

गत बुधबार जिल्लाकै भंगहा नगरपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको थियो ।

२०७७ श्रावण ४, आईतवार १९:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय