सुर्खेत : राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।

ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।


२०७८ असार १७, बिहीबार ११:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु