विराटनगर : विराटनगर महानगरपालिकाको मेयरमा नागेश काेइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् ।

मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भइन् ।

मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

उपमेयरमा शिल्पा कार्की २५ हजार ६८०मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए । यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।

Nagesh-koirala-and-Shilpa-Karki_nepalvani

गठबन्धनबाट मेयरको उम्मेदवार बनेका नागेश कोइराला मेयरमा विजयी हुँदा यादवको छोरा अमरेन्द्र यादव पराजित भएका छन्। नागेशले एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गरे। यादवलाई एमालेकी शिल्पा निरालाले पराजित गरिन्।

उनले २५ हजार ६ सय ८० मत ल्याउँदा यादवले १४ हजार २ सय १९ मत पाएका छन्। २०७४ मा विराटनगरमा मेयर र उपमेयर कांग्रेसले जितेको थियो।

गठबन्धन बनेपछि कांग्रेसले मेयर लियो भने जसपाले उपमेयर। प्रमुख या उपप्रमुखमा महिला उम्मेदवार बनाउनुपर्नेमा मेयरमा कांग्रेसले कोइराला उठाएपछि उपेन्द्रले पार्टीका अन्य उम्मेदवारलाई छाडेर छोरालाई नेता बनाउनतिर लागे पनि मतदाताले मेयर पुरुष र उपमेयर महिला छानेका छन्।

२०७९ जेष्ठ ७, शनिबार ०७:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय