जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले हंसपुर जनस्वास्थ्य प्रयोगशाला ल्यावको उद्घाटन गरेका छन् ।

धनुषाको हंसपुर नगरपालिकाको नौवाखोर पर्साही चौकीमा जनस्वास्थ्य प्रयोगशालाको उदघाटन गरेका हुन् । सभाममुख मण्डल र हंसपुर नगरपालिकाका प्रमुख प्रदिपकुमार यादवले संयुक्त रुपमा प्रयोगशाला उदघाटन गरेको हो ।

प्रयोगशालाको उदघाटन गर्दै सभामुख मण्डलले गाउँमै सर्वसुलभ मुल्यमा सेवा पाउनु आम नागरिकको लागि बरदान भएको बताए । उनले भने, ‘हाम्रो समयमा समान्य चेक जाँच गराउन पनि मुस्किल हुन्थ्यो तर अब विज्ञान र प्रविधिको विकाससंगै गाउँघरको आँगनमा आम नागरिकको सेवामा जनस्वास्थ्य प्रयोगशाला बरदान सावित हुन्छ ।’

मधेश प्रदेश सरकार, समाजिक विकास मन्त्रालय र हंसपुर नगरपालिका बीचको सहकार्यमा प्रयोगशाला सेवाको शुभारम्भ कार्यक्रममा सभामुख मण्डलले हंसपुरबासी र यस क्षेत्रका आम नागरिकका लागि ल्याव सेवा प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गरे । उनले भने, ‘स्वास्थ्य सेवा हरेक नागरिकसंग जोडिएको विषय हो । हरेक नागरिकको सरोकारको विषय हो । जनकपुरधाम वा काठमाण्डौंमा गएर चेकजाँच गराउने वा नीजिमा गएर पैसा लुटिने डर प्रयोगशालामा हुदैन् ।’

प्रयोगशालाको शिलान्यास गर्दै सभामुख मण्डलले भने, ‘हामी नीजि क्लिनिक वा अस्पातलमा जाँन्छौं, सामान्य चेक जाँच गरेको पनि हजारौं तिर्न लगाउँछ, त्यो हजार रुपियाँ एउटा गरिबको लागि कति कष्टकर हुन्छ, तर अब गाउँमौ यस क्षेत्रको जनताले चेकजाँच गर्न पाउँछ, यो भन्दा बढी खुशीको कुरा के होला !’ मण्डलले जनस्वास्थ्य प्रयोगशाला अनुसारको चिकित्सकीय सेवा समेत विस्तार गर्न नगरपालिका कार्यालयलाई सुझाव समेत दिए ।

२०८० जेष्ठ ९, मंगलवार १७:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय