काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलसम्म विश्वमा ११ लाख २९ हजार ४९२ जनाको मृत्यु भएको छ भने ४ करोड १० लाख २९ हजार २७९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ६ लाख २४ हजार २५५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७७ हजार १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख २६ हजार १४९ जनाको मृत्यु भएको छ भने ८५ लाख २० हजार ३०७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५५ लाख ४५ हजार ६१९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २७ लाख ४८ हजार ५३९ जना उपचाररत छन् ।

त्यस्तै १५ हजार ७१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १७ हजार २८ जनाको मृत्यु भएको छ भने ८ लाख ८४ हजार ६१५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ८ लाख ८२ हजार ८९३ जनालाई संक्रमण भएको छ भने १७ हजार ६८० जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा १६ हजार ११० जनाको मृत्यु भएको छ भने ७ लाख ६० हजार ३८९ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार मात्रै ६१ हजार ४२९ जना संक्रमित थपिएका छन् भने ९१७ जनाको मृत्यु भएको छ ।

२०७७ कार्तिक ५, बुधबार ०९:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय